दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

आज बिहान झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को ७ प ५२५० नंम्बरको को मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

पुरानो समाचार खोज्नुहोस्