सुनसरीमा हात्तीको आक्रमणकाट २ जनाको मृत्यु

मंसिर १२ / सुनसरीको कोशी गाउँपालिका ३ मा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुने स्थानीय बासिन्दा ५० वर्षकी बेचनीदेवी सरदार र ३६ वर्षकी सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले सोमबार आक्रमण गर्दा ज्यान गएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट स्थानीय बासिन्दा विन्दादेवी सरदार गम्भीर घाइते हुनुभएको छ । उहाँको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।

पुरानो समाचार खोज्नुहोस्