लिम्बुवानका प्रभावशाली नेता भविराज लिम्बु

पार्टीप्रति सँधै वफादार सिपाही,मृदुभाषी स्वभावका धनी हुन भविराज लिम्बु (तुम्सा) । मोरङ जिल्लाको पथरीशनिश्चरे–८ दोहलु शुक्रबारेका स्थायी बासिन्दा हुन उनी । तुम्साको जन्म वि.सं. २०२६ पुस २३ गते बुधबारका दिन धनकुटा जिल्लाको साविक तेनुपा–७कुरुलेमा पिता इन्द्रप्रसाद लिम्बु र माता डिकमायाका गर्भबाट भएको थियो । औपचारिक शिक्षाको रुपमा आई.ए.सम्म अध्ययन गरेका हुन् । आफ्नो सम्पूर्ण वाल्याकाल धनकुटामा बिताएका तुम्साले कर्मथलो मोरङ पथरीशनिश्चरेबाट वि.सं. २०३९ सालबाट राजनीतिक यात्रा आरम्भ गरेका हुन् । तत्कालीन समयमा राजनीति गर्न अहिलेजस्तो सहज थिएन – उनी स्मरण गर्दै भन्छन् । साविक शनिश्चरे–४ को दोहलु शुक्रबारे आनुभएका तुम्सा विद्यार्थीकालदेखि नै जनवादी सांस्कृतिक मञ्चबाट प्रभावित बनेर राजनीतिमा हामफालेका हुन् । २०४६ सालमा नेपालमा राजनीतिक परिवर्तनसँगै, उनले आफ्नो राजनीति गर्ने बाटो खोलेका हुन् । त्यसबेला बहुदलपश्चात २०४७ को संविधान बनेपछि उनले आफ्नो सम्पूर्ण जीवन राजनीति गर्ने प्रतिबद्धता जाहेर गरे । त्यसबेला गोपाल गुरुङको मंगोल नेशनल संगठन नाम दिएको संस्थाबाट उनले आफ्नो जीवनमा देश र जनताप्रति समर्पण त्याग गर्ने अठोट गरे । २०५१ सालमा आएर मंगोल नेशनल संगठनलाई २०५२ सालमा परिवर्तित संज्ञा दिदै जनमुक्ति पार्टी नेपालको नामाकरण गरियो । त्यसपछि ७ वर्षको अवधिमा २०५९ सालमा राष्ट्रिय जनमुक्ति पार्टी र जनमुक्ति पार्टी नेपाललाई समायोजन गरियो । २०५८ सालमा पूर्व राजा ज्ञानेन्द्र शाहको ‘कु’ पछि नेपाली राजनीतिमा तरंग पैदा गरेको थियो । पञ्चायती शैलीमा राजनीनिक दलका नेताहरुलाई भटाभट थुनामा राख्न थालेपछि राजनीतिमा ब्रेक लाग्यो । पार्टी नेतृत्वले सही स्वागत गरेपनि राष्ट्रिय जनमुक्ति पार्टी परित्याग गरी स्वायत्त राज्य निर्माण परिकल्पनामा कुमार लिङदेनको नेतृत्वमा २०६०÷६२ सालमा पूर्वाञ्चलभरी यस विषयमा तातो–तातो बहस–पैरवी चल्न थाल्यो । जसबाट केही कुरा निस्कर्षनिस्कने थियो । त्यसैको धैर्यधारण गर्दै तीन वर्षको अन्तरालपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २०६२ मङ्सीर २६÷२७ गते झापा जिल्लाबाट प्रार्दुभाव गरियो । तुम्सा साविक शनिश्चरे गाउँ समिति हुँदै जिल्ला समिति सदस्य (२०६३–६५) बसेर पार्टीमा योगदान गरेको उनले खुलाए । एक कार्यकालसम्म उनलाई मोरङ जिल्ला अध्यक्षको जिम्मेवारी दिइयो । २०७१ असोज २८ गते पार्टीको केन्द्रीय सचिवालय सदस्यको रुपमा जिम्मा दिइएको उनले स्पष्ट पारे । पार्टी भनेपछि हुरुक्क हुने स्वभावका कारण पार्टीवृतमा निकै चर्चा कमाएका तुम्सा पार्टीलाई आफ्नो पहिलो प्राथमिकता भएको उनी सुनाउँछन् । पार्टीभित्रै संघर्ष गरेका उनी विगतको कुराको पन्तुरो खोलेका छन् । २०७२ असार १७÷१८÷१९ गतेको तेस्रो महाधिवेशनबाट केन्द्रीय सचिव जस्तो गरिमामय पदमा तुम्सालाई गहन जिम्मेवारी पार्टीले दिएको थियो । आफ्नो पार्टीमा जिम्मेवारीवोध गर्दै पार्टीको कार्यकर्तासँग मिलेर पार्टीलाई माथिल्लो तहसम्म उनले योगदान गरेको पार्टीवृतमा उनको चर्चा चुलिएको छ । पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तरगत ऐतिहासिक पृष्ठभूमिको आधारमा १०+१ गैह्रभौगोलिक जस्ता खरा मुद्दाहरु पार्टीभित्र उठेका छन् । पूर्ण समानुपातिक प्रणाली लागु गर्ने पार्टीको रणनीति रहेको उनले अर्थाए । धर्मनिरुपेक्ष राज्य कायम गर्ने र वालमैत्री विकास निर्माणको अवधारणा विकास गर्ने परिपाटीको सुरुवात गरेको उनी सुल्झाउँछन् । शिक्षा स्वास्थ्य, रोजगार, विद्युत, पार्टी, बाटोघाटो, कल्भर्ट जस्ता जनजिविकाका सवालमा उनले बुलन्द आवाज उठाउने प्रतिबद्धता जाहेर गरे । आसन्न प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचन यहि मङ्सीर २१ गतेको चुनावमा प्रतिनिधि सभाको तर्फबाट मोरङ क्षेत्र नं. ३ का संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट अत्यन्त योग्य तथा प्रभावशाली नेताको रुपमा आफूलाई द¥याउनु भएका उम्मेदवार तुम्सा यस क्षेत्रका विकास निर्माणमा निकै चिन्तित देखिएका छन् । ४० वर्ष अघिदेखि नै रहँदै आएका सुकुम्बासी समस्यालाई उनले नजिकबाट नै नियालिरहेका छन् । त्यस विषयलाई आफ्नो पार्टी र आफूले जितेमा केन्द्रीय सरकारबाट कानून बनाई कार्यन्वयन गराउने पक्षमा उनले बताएका छन् । मोरङको पथरीशनिश्चरे, बेलाबारी, कानेपोखरी, विराटचौक लगायतका आफ्नो चुनावी क्षेत्रमा उनी जनताको घरदैलोमा पुग्ने क्रमलाई निरन्तरता दिइरहेका तुम्सा जनतासँगका आफ्ना पार्टीका मुद्दाहरुलाई साक्षात्तकार गरिरहेका छन् । विगतका ठूला भनाउँदा पार्टीहरुले माखोपनि मार्न नसकिरहेको अवस्थामा विकल्पमा आफ्नो पार्टी जनताको माझ निकै लोकप्रिय भएको उनको दाबी छ । अहिले गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई स्तरोन्नति गर्नुपर्छ भन्ने र विभिन्न ठाउँमा बन्न नसकेका बाटोघाटो, स्वास्थ्य, बेरोजगार समस्या, यूवाहरुको विदेश पलायनलाई रोक्नुपर्ने कुरामा उनी सुल्झाउँछन् । वास्तममा यस क्षेत्रमा रहेका स्रोतसाधनलाई परिचालन गरी यसबाट प्रशस्त अर्थ उपार्जन गर्ने कुरामा उनी बचतवद्धतामा जोड दिन्छन् । तुम्सा यहि परिवेशको झारपात, माटो, जङ्गल, बोटविरुवामा खेलेका हुनाले, सबैसँग उनी परिचित छन् । त्यसैले यस क्षेत्रका तमाम समस्याहरुलाई मसिनो गरी केलाएका उनले कहाँ के–कस्ता समस्याहरु छन्ु, त्यसको सामधान गर्ने उनीसँग मात्र सबै कुरा थाहा छ । आफूले यस क्षेत्रमा चुनाव जित्ने कुरामा उनी ढुक्क छन् । अन्त्यमा यस क्षेत्रका मतदाताहरुसँग हात जोड्दै–‘म तपाईहरुकै परिचित व्यक्ति यस क्षेत्रको उम्मेदवारको रुपमा आएको छु त्यसैले मेरो चुनाव चिन्ह दाप सहितको खुकुरीमा अत्याधिक मतदान गरी विजय गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ प्रस्तुति ः भूमिप्रसाद पाठक

पुरानो समाचार खोज्नुहोस्