केएनके टुर्स एण्ड ट्राभलको नर्वेको राजधानी ओस्लोमा उद्घाटन

ओस्लो, नर्वे । नर्वेको राजधानी ओस्लोमा केएनके टुर्स एण्ड ट्राभलको उद्घाटन गरिएको छ ।

एनआरएन नर्वेका निर्वतमान अध्यक्ष कुमार पण्डित तथा एनआरएन बेल्जियमको उपाध्यक्ष योगीता थापा र प्रकाश श्रेष्ठको संयुक्त लगानीमा स्थापना भएको केएनके टुर्स एण्ड ट्राभलको उद्घाटन नर्वेको राजधानी ओस्लोमा डिसेम्बर ८ मा एक कार्यक्रम बिच भएको हो । कार्यक्रममा केएनके टुर्स एण्ड ट्राभलकी सहसंस्थापक योगीता थापाले भगवान गणेशको तस्विरमा फुलमाला पहिर्याएर दिप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएको थियो ।

नर्वेमा दर्ता भएको केएनके टुर्स एण्ड ट्राभलको एक एक शाखाहरु बेल्जियम र नेपालमा पनि रहेका छन् । पर्यटन, कार्यक्रम व्यवस्थापन लगायतका कामहरु गर्न खोलिएको यो संस्थाबाट नेपालको पर्यटनमा पनि योगदान हुने यस केएनके टुर्स एण्ड ट्राभलका संस्थापकहरुको भनाई छ । “असिमति पर्यटनको सम्भावना रहेको युरोप र नेपाललाई मध्य नजर गर्दै संस्था खोलेका छौँ । यसले थोरै भए पनि नेपालको पर्यटनमा केहि योगदान गर्ने छ ।” संस्थाका सहसंस्थापक समेत रहनु भएका एनआरएन नर्वेका निवर्तमान अध्यक्ष कुमार पण्डितले टिभीनेपालीसँग भन्नु भयो ।

उद्घाटन कार्यक्रममा केएनके टुर्स एण्ड ट्राभलको www.knktours.com आधिकारिक वेबसाइट र फेसबुक प्रोफाइल पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा एनआरएन नर्वेका आइसीसी सदस्यहरु, एनआरएन नेर्वेका अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत ओस्लोमा रहेका नेपालीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

पुरानो समाचार खोज्नुहोस्