सनातन हिन्दु व्यवस्थामा शंकाराचार्यको छनौटमा पर्न सफल पहिलो पटक महिला तथा नेपाली हेमानन्द गिरि

पथरी शनिश्चरे । “हिन्दु धर्म व्यवस्थामा नारीको स्थान निकै उच्च छ तर विभिन्न कालखण्डमा नारीलाई धर्म व्यवस्थाका पदहरुबाट अलग्याइएको जस्तो थियो, त्यो गलत थियो । शंकाराचार्यको छनौटमा मलाई राखेर अब हिन्दु व्यवस्थाका कुप्रवृतिलाई हटाउँन बल पुर्याइएको छ ।” शंकाराचार्यको छनौटमा पर्नु भएकी पथरी शनिश्चरे नगरपालिकाकी साधवी हेमानन्द गिरिले टिभीनेपालीलाई बताउँनु भयो ।

यति ठुलो र सम्मानित स्थानको दावेदारीका लागि योग्य हुनु पक्कै पनि निकै ठुलो कुरा हो । अझ इतिहासमै पहिलो पटक महिला यो स्थानमा पुग्नुको विशेष अर्थ पनि हुन्छ । यहि सेरोफेरोमा रहेर टिभीनेपालीका लागि गणेश कार्की र मातृका पौडेल मार्फत उहाँले केहि कुराहरु राख्नु भएको छ, जसको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

पुरानो समाचार खोज्नुहोस्