विद्यालयलाई पुस्तकालय निर्माणका लागि रेग्मीले गरे २ लाख सहयोग

पश्चिम चितवनमा रहेको सशिनगर मावीको ४६ औँ वार्षिक उत्सवका अवसरमा पुस्तकालय निर्माणका लागि विद्यालयलाई वेल्जियम निवासी कृष्ण प्रसाद रेग्मीले २ लाख सहयोग प्रदान गरेका छन्। रेग्मी विद्यालयका पूर्व विद्यार्थी समेत हुन्।

चितवन निर्वाचन क्षेत्र न ३ प्रदेश ३ क का सांसद् कृष्ण भुर्तेलजको प्रमुख आतिथ्यता तथा भरतपुर महानगरपालिकाका उप ( मेयर पार्बती शाहको आतिथ्यतामा कार्यक्रममा रेग्मीले उक्त सहयोग प्रदान गरेका हुन्।

रेग्मीले पुस्तकालय तथा वैज्ञानिक प्रयोगशाला भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेका हुन्। उनले केही वर्ष पहिले उक्त विद्यालयलाई ३ थान कम्युटर समेत प्रदान गरेका थिए।

त्यस्तै विद्यालयको वार्षिक उत्सवका अवसरमा पुस्तकालय निर्माणका लागि समाजसेवी अर्जुन अर्यालले स्व बुबा झलक अर्याल तथा आमा शिव माया अर्यालको स्मृतिमा ५० हजार ३५ सहयोग प्रदान गरेका थिए।

पुरानो समाचार खोज्नुहोस्