फेसबुकको नयाँ अपडेट – साथी र आफन्तलाइ अब प्राथमिकतामा राख्न सकिने

आजकल मानिसहरु फेसबुक बिना बाच्न सक्दैनन् नै होला सायद किंनकी मानिसहरुले यसलाई आफ्नो दैनिक जीवनको एउटा अंगनै बनाईसकेका छन । फेसबुकले बिहिबार एक वृहत अपडेटको घोषणा गरेको छ जसले प्रयोगकर्ताको न्युज फिडमा फेसबुक पेज र सेलेब्रिटीभन्दा माथी साथी र आफन्तको अपडेटहरु देख्न पाइनेछ ।

साथै यसले प्रमुख सामाजिक संजालको रुपमा रहेको फेसबुकमा मानिसहरुले कम समय दिने संभावना देखिएको छ । न्युज फिड प्रोडक्ट व्यवस्थापक जोन हेजम्यानका अनुसार फेसबुकको यस्तो परिवर्तनले सामाजिक अन्र्तक्रिया र सम्बन्धलाइ थप उचाइमा पुर्याउने बताएका छ । यो निकै ठूलो परिवर्तन रहेको हेजम्यानले एएफपी लाई बताए ।

मानिसहरुले फेसबुकमा कम समय विताउने तर यसले प्रयोगकर्ताहरुले फेसबुकमा विताएको समय अत्यन्तै महत्वपूर्ण हुने र कालान्तरमा यो आफुहरुको व्यापारका लागि पनि फाइदाजनक भएकाले आफुहरु यसप्रति सकारात्मक रहेको उनले बताए । फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरवर्गले मानिसहरुलाइ यथार्थ संसारमा सकेजति नजिक ल्याउनु र समाज सुदृढ पार्नु आफुहरुको प्राथमिकतामा रहेको बताए ।

पुरानो समाचार खोज्नुहोस्