मोबाइलबाटै मुसा भगाउने तरिका यस्तो छ

मानिसहरुलाई मुसाले धेरै दिक्क लगाएको हुन्छ र उनीहरु त्यस बाट छुटकारा पाउन अनेक थरि उपाय अपनाउने गर्दछन र पनि केहि गर्न सक्दैनन् । अहिले सम्म तपाईले आफ्नो तरिकाले मुसालाई भगाउनु भो होला ।

अब फोनको सहायता ले ढुक्कले मुसा भगाउनुस । यसको लागि सिर्फ तपाइँले आफ्नो मोबाइलमा एउटा एप डाउनलोड गर्नु पर्ने हुन्छ । तपाइँले गुगल प्ले मा गएर Anti Rat soner नामक एक एप डाउनलोड गरि मुसा लाई भगाउन सक्नु हुन्छ ।

कसरी काम गर्छ यो एपले ?

एप डेप्लोपर का अनुसार १० वर्षको फिल्ड अध्ययन पछी यो एप लन्च गरेको दाबी गरेको छ । यो एप ले एक अनौठो किसिमको साउण्ड वेव्स निकाल्छ । जुन साउण्ड मुसाको कानमा जान्छ मुसाले त्यो आवाज सुन्न नसकिने भएर मुसा टाढा भाग्छ ।

धेरै आवाज हुने स्थानमा भने यसले काम गर्दैन किन कि यो एप को सिग्नल ब्लोक हुने हुन्छ । यसको फ्रीक्वेंसी बदल्न सकिन्छ तर फरक फ्रीक्वेंसी दिदा यसले पाल्तु जनावर जस्तै बिरालो, कुकुर हरुमा असर गर्न सकिन्छ ।

त्यसैले एप को फ्रीक्वेंसी सेटिंग लाई डिफल्ट मै राख्नु पर्ने हुन्छ । एप प्रयोग गर्दा सोफा मुनि नराख्न एप डेप्लोपरले सुझाब समेत दिएको छ ।

पुरानो समाचार खोज्नुहोस्