मोबाइलमा स्क्रिन अफ गरेर वा ब्याकग्राउन्डमा युट्युब चलाउँन यसो गर्नुहोस्

यो लेख हामीले www.nepalitechblog.com बाट साभार गरेका हौँ । नेपालीमा प्रबिधिसँग सम्बन्धित जानकारी र समाचारहरु हेर्न www.nepalitechblog.com भिजिट गर्नुहोस् ।

मोबाइलमा फेसबुक चलाउँदै युट्युबमा भएका गीतहरु पनि सुन्न पाए कति रमाइलो हुने थियो ? अथवा, युट्युबका भिडियो हेर्न मोबाइलमा युट्युब ओपन गरिराख्नु पर्ने बाध्यता नभइ दिएको भए कति सजिलो हुने थियो ? हुन पनि एक समयमा एक भन्दा बढि काम गर्न सक्ने, मल्टि टास्किङ स्मार्ट फोनमा युट्युब हेरे पछि अर्को एप खोल्नै नपाउँने अवस्था हुनु स्मार्ट फोनकै अवमुल्यन हो भन्दा हुन्छ ।

युट्युबको यहि अफ्ठ्यारोलाई हटाउँदै केहि पहिले एप स्टोरहरुमा निकै यस्ता मोबाइल एपहरु थिए, जसमा ब्याकग्राउन्डमा युट्युबलाई चलाउँन सकिन्थ्यो । सरल भाषामा भन्दा युट्युब चलाउँदै अरु मोबाइल एपहरु पनि चलाउँन सकिन्थ्यो तर पछि ति एपहरु पनि एप स्टोरबाट हटाइए ।

जहाँ इच्छा, त्यहाँ उपाय

हुन पनि इच्छा भएका ठाउँमा उपाय नै नहुने भन्ने सायदै हुन्छ । युट्युब एपको यो बाध्यतालाई हटाउँनका लागि पनि विकल्पहरु तयार भइसकेका छन्, मात्र तपाईले अलिकति दिमाग चलाउँनु पर्ने हुन्छ । तपाईले थप अनावश्यक तथा शंकास्पद एपहरु नराखीकन नै युट्युबलाई ब्याकग्राउन्डमा चलाउँदै अरु एपहरु पनि चलाउँन सक्नु हुनेछ ।

म यहाँ यस्तै उपायहरुको बारेमा लेख्दैछु, जसले तपाईलाई मोबाइलमा युट्युबलाई ब्याकग्राउन्डमा चलाउँने सुविधा दिनेछ । एन्ड्रोइड र आइफोनका लागि उपयोगी हुने तरिकाहरु पनि तपाईले यहि लेखमा थाहा पाउँनु हुनेछ ।

आइफोनमा ब्याकग्राउन्डमा युट्युब चलाउँन

आइफोन र आइप्याडमा ब्याकग्राउन्डमा युट्युब चलाउँन केहि उपायहरु अपनाउँनु पर्छ । आइफोन र आइप्याडमा भएको इन्टरनेट ब्राउजरमा भने यो सुविधा छैन । यसैले तपाईले मोबाइलमा अरु नै वेब ब्राउजर राख्नु पर्छ । यसका लागि डल्फिन भनिने वेब ब्राउजर निकै सजिलो र उपयोगी हुन्छ । मोबाइलमा डल्फिन ब्राउजर राखे पछि तलका कार्यहरु गर्नुहोस् ।

१. डल्फिन ब्राउजरमा www.youtube.com खोल्नुहोस् ।

२. आफुले सुन्न चाहेको भिडियो प्ले गर्नुहोस् ।

३. भिडियो प्ले भए पछि मोबाइलको होम बटन थिचेर सो ब्राउजरबाट बाहिरिनुहोस् । यसो गर्दा भिडियो चल्न बन्द हुनेछ ।

४. त्यस पछि स्क्रिनको तल्लो भागलाई माथितिर स्वाइप गरेर कन्ट्रोल सेन्टरमा पुग्नुहोस् ।

५. तपाइले त्यहाँ ‘Now Playing’ विजेट देख्नुहुनेछ । त्यसमा भएको प्ले बटन क्लिक गर्नुहोस् ।

यसपछि तपाईले आफ्नो आइफोन वा आइप्याडमा युट्युब भिडियो ब्याकग्राउन्डमा चलाउँनु सक्नु हुनेछ ।

एन्ड्रोइड मोबाइलमा ब्याकग्राउन्डमा युट्युब चलाउँन

एन्ड्रोइड मोबाइलमा ब्याकग्राउन्डमा युट्युब चलाउँन भने अन्य कुनै वेब ब्राउजर राखिरहन पर्दैन । तपाईको मोबाइलमा भएको गुगल क्रोम वा फायरफक्स ब्राउजरबाट नै तपाईले युट्युबलाई ब्याकग्राउन्डमा चलाउँन सक्नु हुनेछ । यसका लागि तलका चरणहरु पार गर्नुहोस्

१. आफ्नो मोबाइलमा गुगल क्रोम वा फायरफक्स ब्राउजर ओपन गर्नुहोस् ।

२. www.youtube.com खोल्नुहोस् ।

२. आफुले सुन्न चाहेको भिडियो खोज्नुहोस् ।

३. ब्राउजरको मेनुमा जानुहोस् र “Desktop Site” मा क्लिक गर्नुहोस् ।

४. भिडियो प्ले गर्नुहोस् र मोबाइलको होम बटन थिचेर सो ब्राउजरबाट बाहिरिनुहोस् । यसो गर्दा भिडियो चल्न बन्द हुनेछ ।

५. त्यस पछि नोटिफिकेसन बारलाई तल तिर तान्नुहोस् ।

५. तपाइले त्यहाँ भिडियो रोकिएको देख्नु हुनेछ । त्यसमा भएको प्ले बटनमा क्लिक गरेर भिडियो चलाउँन सक्नु हुनेछ ।

यो उपायले पक्कै पनि काम गर्नेछ । यदि काम गरेन भने कृपया पुन: दोहोर्याएर माथिको चरणहरु पार गर्नुहोस् । यस पछि पनि कुनै समस्या भए कमेन्टमा आफ्नो समस्या लेख्नुहोला । सक्दो समाधानको प्रयास गर्नेछु ।

पुरानो समाचार खोज्नुहोस्