८ हजार किलो तौलकोअन्तरिक्ष स्टेशन बिग्रिएर पृथ्वीतर्फ खस्दै

एजेन्सी। ८ हजार किलो तौलको एक अनतरिक्ष स्टेशन अन्तरिक्षमा बिग्रिएपछि अनियन्त्रित रुपमा पृथ्वीतर्फ खसिरहेको छ । यो स्टेशन यसै साता पृथ्वीमा ठोक्किने अनुमान गरिएको छ । यो अन्तरिक्ष स्टेशन चीनको हो । स्टेशन २०१६ मा बिग्रिएर अनियन्त्रित भएको थियो । यो स्टेशन लगातार पृथ्वीतर्फ बढिरहेको छ ।

यो स्टेशन कहाँ खस्छ भन्ने अनुमान गर्न सकिएको छैन । तियानगाङ्ग १ नामको यो स्पेश स्टेशन पृथ्वीमा ३० मार्चदेखि २ अप्रिलको बीचमा पृथ्वीको उत्तरी गोलाद्र्धमा खस्ने युरोपियन स्पेश एजेन्सीले जनाएको छ । वैज्ञानिकका अनुसार यो स्पेसक्राफ्टको ठूलो भाग खस्दाखस्दै जल्नेछ । तर, यसको १० देखि ४० प्रतिशत भाग बच्ने अनुमान गरिएको छ । यो अवशेषमा खतरनाक केमिकल हुन सक्ने खतरा औंल्याइएको छ । यसका अलावा यसबाट निस्कने ग्यासहरु पनि निकै खतरनाक हुनेछन् ।

यो स्पेसक्राफ्ट कुनै सहरमा खसेमा ठूलो क्षति हुन सक्ने अनुमान गरिएको छ । विशेषज्ञले यो स्पेसक्राफ्ट ४३ डिग्री उत्तर दक्षिणी आक्षांशमा पर्ने ठाउँमा खस्ने अनुमान गरेका छन् । यी स्थान बाक्लो बस्ती भएका न्यूयोर्क, बार्सिलोना, बेइजिङ, शिकागो, इस्तानबुल, रोम वा टोरन्टो पनि हुन सक्नेछन् । तर, यो स्पेसक्राफ्ट कहाँ खस्छ भन्न मुस्किल छ ।

पुरानो समाचार खोज्नुहोस्