फिल्म हेरिदिए गरिब नेपाली बालबालिकाले पढ्न पाउँनेछन् भन्दै ओस्लोमा ‘शत्रुगते’

ओस्लो, नर्वे । नेपालका विपन्न बालबालिकाको शिक्षामा सहयोगार्थ नर्वेको राजधानी ओस्लोमा ‘शत्रुगते’ देखाइदै छ ।

नेपालका विपन्न बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको हेल्पिङ हेन्डस् फर नेपाल, नर्वेले अप्रिल ८ मा ‌ओस्लोमा शत्रुगतेको च्यारिटी सो गर्न लागेको हो ।

अप्रिल ८ तारिख आइतबारका दिन ओस्लो युनिभर्सिटीको हलमा शत्रुगते देखाउँन लागेको हो ।


“नेपाली फिल्मलाई विदेशमा रहेका नेपालीहरु माझसम्म पुर्याउँने व्यवसायिक महत्व त छ नै । तर यो हामीले गर्ने कामको सहायक फाइदा मात्रै हो । यो भन्दा मुख्य यसको उद्देष्य हो, यसबाट उठेको रकमले नेपालमा रहेका गरिब बालबालिकालाई प्रत्यक्ष सहयोग गर्ने ।” हेल्पिङ हेन्डस् फर नेपाल, नर्वेका अध्यक्ष कृष्ण श्रेष्ठले टिभीनेपालीसँग भने ।

“यो भन्दा पहिलेका प्रदर्शनीहरुमा पनि नर्वेमा रहेका नेपालीहरु राम्रो उपस्थिति रहने गरेको थियो । यो पटक र भविष्यमा पनि त्यस्तै सहभागीता रहने हामीले आशा र विश्वास लिएका छौँ ।” श्रेष्ठले थपे ।

हेल्पिङ हेन्ड्स फर नेपाल, नर्वेले नेपाली चलचित्र ल्याएर नर्वेमा यस अघि पनि सफलतापुवर्क प्रदर्शन गर्ने गरेको छ ।

पुरानो समाचार खोज्नुहोस्