सेनाको गाडीलाई ठक्कर दिँदा ट्रकमा लाग्यो आगो

पथरी। नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा धादिङमा ट्रक आगो लागेको छ ।

थाक्रे गाउँपालिका महादेवबेसी–२ पृथ्वी राजमार्गमा सेनाको गाडीलाई ठक्कर दिँदा सिमेन्ट बोकेको ना ६ ख २७८१ नम्बरको ट्रकमा आगलागी भएको हो।

मलेखुबाट काठमाडौं आउँदै गरेको उक्त ट्रकले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई बाटो दिने क्रममा विपरीत दिशाबाट आउँदै गरेको सेनाको बा २ ग २४६३ नम्बरको ट्रकसँग ठक्कर खाएको हो। भने सोही क्रममा बा ३६ प ७२३९ को मोटरसाइकलमा पनि आगो लागेको छ ।

पुरानो समाचार खोज्नुहोस्