स्थलगत अनुगमनमा आएको मोदीको हेलिकप्टर अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधित क्षेत्रमा अवतरण गरेपछि

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा वैशाख २८ र २९ आउने भएसँगै तयारी जुट्न थालेको छ । मोदी भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका रहेको छ । त्यसका लागी स्थलगत अनुगमन हुन थालेको छ । मंगलबार जनकपुरमा गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुगमन गरेका छन् । मोदीको नेपाल भ्रमणको पूर्व तयारीको स्थलगत अनुगमन लागि मंगलबार भारतीय बायुसेनाको हेलिकप्टर काठमाडौँ आएको छ ।

भारतीय वायुसेनाको विमान लिएर भारतीय विशेष सुरक्षाा समूहका कर्नेलको नेतृत्वको टोलीमा आएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा अवतरण गराइएको छ ।भारतीय विशेष सुरक्षाा समूहका महानिरीक्षक जेठूवा अस्तीनै नेपाल आइसकेका थिए । उनी आउनुअघि नै भारतले उनको सुरक्षाका लागी भन्दै रेकी गर्न भारतीय सेना परिचालन गरिसकेको छ । मङ्गलवार काठमाडौँ आएका बायुसेना आज जनकपुर र मुक्तिनाथ रेकी गर्न जाने कार्यक्रम रहेको जानकारी आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्