फेसबुकमा नयाँ डेटिङ एप ल्याउने जुकरबर्गको घोषणा

फेसबुकले नयाँ ‘डेटिङ एप’ ल्याउने घोषणा गरेको छ ।

फेसबुक कम्पनीका सिईओ मार्क जुकरबर्गले नयाँ डेटिङ एप ल्याउने घोषणा गरेका हुन् ।

क्यालिफोर्नियामा मंगलबार भएको एक कन्फ्रेन्समा जुकरबर्गले नयाँ फिचरका साथ उक्त एप ल्याउने कुराको जानकारी दिएका हुन् । उक्त एपले अर्काे डेटिङ एप ‘टिन्डर’लाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

नयाँ डेटिङ फिचर एक रियल तथा लङ टाइम रिलेशनशिपलाई ध्यानमा राखेर तयार गरिने फेसबुकका सिईओ जुकरबर्गले जानकारी दिए । फेसबुक प्रयोगकर्ताले एक सच्चा सम्बन्ध बनाउन यो एप प्रभाबकारीहुने कुरा उनले दाबी गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्