पार्टी एकीकरणबारे एमाले र माओवादीले बोलाए आकस्मिक बैठक, हुन सक्छ ठूलै निर्णय

१९ वैशाख । पार्टी एकीकरणका विषयमा एमाले र माओवादी केन्द्रबीच आज आन्तरिक छलफल गर्दैछन् । माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्दैछ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा भइरहेको प्रगतिबारे ब्रिफिङ गर्ने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

यसअघि मंगलबार एक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष दाहालले एकरदुई दिनमै पार्टी एकताको घोषणा गर्ने तयारीमा आफूहरू रहेको बताएका थिए ।

एमालेले पनि आजै साँझ स्थायी समिति बैठक बोलाएको छ । साँझ छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

पुरानो समाचार खोज्नुहोस्