आइपीएलमा आज दिल्ली र हैदरावाद भिड्दै, के सन्दीपले आज खेल्न पाउलान् ?

इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करणको जारी सिजनमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टीम दिल्ली डेयरडेभिल्सले आज बलियो टिम सनराइजर्स हैदरावादसँग खेल्दै छ ।

अहिलेसम्म खेलका ८ मध्ये तीनमा जित र ५ खेलमा हार व्याहोरेर छैटौं स्थानमा रहेको दिल्लीले सिजनको बलियो टीम सनराइजर्स हैदरावादसँग आज भिड्न लागेको हो । युवा व्याट्सम्यान श्रेयस आयरले कप्तानी सम्भालेपछि दिल्लीले दुई खेलमा जित हात पारेका हो ।

गत बुधबारको खेलमा राजस्थान रोयल्सलाई डकवर्थ लेविसको आधारमा ४ रनले पराजित गर्दै दिल्लीले पुछारबाट दुई स्थान माथि उक्लिएको हो।

दिल्लीले ८ खेलबाट ६ अंक जोडेको छ। भने हैदरावाद ८ खेलबाट १२ अंक जोडेको छ।

सनराइजर्सको घरेलु मैदान राजीव गान्धी अन्तष्ट्रिय क्रिकेट रगंशाला हैदरावादमा शनिबार राति ८ बजे शुरु हुने खेलमा दुबै टिम जितका लागि मैदानमा उत्रिने छ ।

कप्तानी सम्भालेपछि उत्कृष्ट प्रदर्शन गर्दै दुई खेलमा जित निकालेका आयरलाई बलियो टीम सनराइजर्सलाई उसकै मैदानमा पराजित गरी दिल्लीलाई पूनर्जीवन दिन उद्दत रहने छन् भने सनराइजर्सका कप्तान काने विलियम्सन भने टीमलाई शीर्षस्थानमा पुर्याउने उद्देश्यका साथ मैदानमा उत्रिने छन् ।

तर आइपीएल अक्सनबाट दिल्लीमा ३२ लाख रुपैयाँमा अनुबन्ध भएका पहिलो नेपाली क्रिकेटर सन्दीप भने आज भएसम्म टीमले खेलका ८ खेलमा खेल्न पाएका छैनन् । प्रशिक्षक रिकी पोन्टिङ र यसअघिका कप्तान गौतम गाम्भीर दुबैले सन्दीपको खेलको प्रंशसा गरेपनि उनीले भने अहिलेसम्म दिल्लीको प्लेइङ एलेभनमा परेका छैनन् ।

किन प्लेइङ एलेभनमा परेका छैनन् सन्दीप
आइपीएलको नियम अनुसार एउटा खेलमा कुनैपनि टीमले चार जनामात्रै विदेशी खेलाडी खेलाउन पाउँछ । दिल्लीमा मात्रै आठ जना विदेशी खेलाडी छन् । त्यसमा सबै सन्दीप भन्दा अनुभवी र पाका खेलाडी छन् । साथै मंहगा पनि ।

गौतम गाम्भीरले कप्तानी गर्दासम्म शुरुबाटै दिल्ली जारी सिजनमा दवावमा रह्यो । पाँच खेलमध्ये चारमा पराजय हात पारेको टिमले सन्दीलाई खेलाएर थप रिक्स लिन नचाहेको जानकारहरु बताउँछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्