युवराज सिंहले मुम्बइसँग पंजाब हार्दा रोहित शर्माको कलर समाते

आइपिएल ११ को ३४ औं खेलमा मुम्बइ इण्डियन्सले किंग्स इलेभेन पंजाबलाई ६ विकेटले हरायो । इन्दौरमा खेलिएको यो खेलमा पंजाबले मुम्बइलाई १७५ रनको लक्ष्य दिएको थियो । मुम्बइले यो लक्ष्य १ ओभर बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो ।

खेल सकिएपछि हार्ने टिम पंजाबका खेलाडी युवराज सिंह जित्ने टिम मुम्बइ इण्डियन्सका कप्तान रोहित शर्मासँग भेट्न जाँदाको फोटो निकै भाइरल भइरहेको छ । खेल सकिएपछि युवराज रोहितलाई भेट्न जाँदा उनको स्टाइल निकै अनौठो थियो । हाफ्नो टिमले हारेपछि युवराज सिधै रोहितसँग गएर उनको कलर समाते ।

युवराजको अनुहार रिसाएको जस्तो देखिएको थियो । यद्यपि उनले यो सबै मजाकमा गरेका थिए । युवराजले उनलाई बधाइ दिएका थिए । युवराज र रोहितबीच गहिरो मित्रता छ । यही कारण उनले रोहितलाई यसरी बधाइ दिएका थिए । युवराजको यो स्टाइल फ्यानहरुलाई पनि निकै मन परेपछि अहिले फोटो निकै भाइरल भइरहेको छ ।

पुरानो समाचार खोज्नुहोस्