१० खेलाडीमा सिमित बार्सिलोनालाई जित्न्न सकेन रियल मड्रिडले : २-२ को बराबरी टुंगियो खेल

रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २-२ को बराबरी खेेलेका हुन् ।

४५ मिनेटसम्म बार्सिलोनाले केवल १० खेलाडीको भरमा खेलेको थियो । उसले यो बराबरीसँगै ला लिगामा सिंगो सिजन अपराजित रहन तीन खेल खेल्न बाँकी छ ।

क्याम्पनाउमा भएको खेलमा बार्सिलोनाले १० औं मिनेटमा नै लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेन । चार मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले बराबरी गोल गरे ।

पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाका सार्गी रोबर्टोले रातो कार्ड पाए । १० खेलाडीमा सीमित बार्सिलोनाले दोस्रो हाफमा फेरि अग्रता लियो । उसका लागि ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे ।

दोस्रो हाफमा बार्सिलोना १० खेलाडीमा सीमित रहँदा रियलका रोनाल्डो घाइते भएका कारण मैदान बाहिर थिए । उनको स्थानमा एसेन्सिओ अाएका थिए ।

यो बराबरी बार्सिलोनाका लागि जित सरह हो । किनकी उ अझै चिरप्रतिद्वन्द्वी रियलभन्दा १५ अंकले अगाडि छ । साथै च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल पछिल्लो चार एल क्लासिको जित्न असफल रहृयो ।

यो बराबरीसँगै बार्सिलोनाले अब बाँकी तीन खेल नहारे ला लिगाको सिंगो सिजन अपराजितको रेकर्ड बनाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्