अमेरिकालाई सैन्य कारबाहीको धम्की नदिन उत्तर काेरियाकाे चेतावनी

वार्ताकाे वातावरण बिथाेल्नेगरी दबाव तथा सैन्य कारबाहीको धम्की नदिन अमेरिकालाई उत्तर कोरियाले चेतावनी दिएको छ । दुवै देश ऐतिहासिक वार्ताको तयारीमा रहेका बेला आइरहेका दबाब तथा सैन्य कारवाहीको धम्कीले वार्ताको वातावरण बिथोल्न सक्ने भन्दै उत्तर कोरियाले चेतावनी दिएको हो ।

अमेरिकाले जानीजानी नै आफूहरुलाई उक्साउने खालका गतिविधि गरिरहेको उत्तर कोरियाकाे विदेश मन्त्रालयका अधिकारीहरूले बताएका छन् । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम पूर्ण रुपमा बन्द नभएसम्म प्रतिबन्ध नहटाउने भन्नु त्यसको उदहारण रहेको ती अधिकारीकाे दाबी छ ।

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आउँदो केही हप्ताभित्र वार्ता हुने तयारी छ । यो दुई देशका शीर्ष नेताबीचको पहिलो बैठक हुनेछ । तर त्यसकाे पूर्वसन्ध्यामा अमेरिकी पक्षबाट सुमधुर वातावरण बनाउनुकाे साटाे उल्टै दबाव र धम्कीकाे भाषा प्रयाेग गर्नु राम्राे संकेत नभएकाे उत्तर काेरियाकाे बुझाइ छ ।

केही महिनाअघिसम्म तनावको अवस्थामा रहेको कोरियाली प्रायद्विपको अवस्था अहिले सुधारको संकेतमा छ । उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबिच अप्रिल २७ मा पहिलो पटक भेटवार्ता भर्इ कोरियाली क्षेत्रलाई परमाणु हतियार मुक्त बनाउने सहमति पनि भएको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्