प्रदेश नम्वर १ स्तरिय प्रथम सिएम कन्दङवा स्मृती क्रिकेट प्रतियोगीता पथरीमा हुने

मोरङ्ग पथरी शनिश्चरे मातृका पौडेल /

मोरङ्गको पथरी शनिश्चरेनगरपालिकामा जेठ ५ देखी जेठ १२ सम्म प्रदेश नम्वर १ स्तरिय प्रथम सिएम कन्दङवा क्रिकेट प्रतियोगीता सन्चालन हुने भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लवको आयोजनामा हुने सो प्रतियोगीतामा प्रदेश नम्वर एक भरिका १४ टिमको सहभागीता रहने आयोजकले विहीवार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।


पथरीको जॉतेमोड स्थित पथरी रंगशालामा हुने सो प्रतियोगीता विजेताले ३५ हजार ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले २० हजार नगद र ट्रफि प्राप्त गर्न ेपत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष अरुण राइले जानकारी दिए ।

सो प्रतियोगीतामा आयोजक रातो र निलो सहित विरेन्द्रनगर क्रिकेट क्लव,रत्न युवा क्लव,तरहरा क्रिकेट क्लव,दमक क्रिेकट क्लव,मोती ११ विराटनगर,न्यु अरुण स्पोष्टिङ क्लव झापा,इनरुवा क्रिकेट क्लव,व्लु स्टार विराटनगर,वेलवारी क्रिकेट क्लव,न्यु च्यालेन्जर्स क्रिकेट क्लव उर्लावारी र शिवसतासी ११ शिवगन्ज सहभागी हुनेछन् ।

पथरीमा रहेको एभरेष्ट वोडीङ स्कुल मुख्य प्रायोजक रहेकाले सो स्कुलका संस्थापक सिएम कन्दङवाको स्मृतीमा सो प्रतियोता सन्चालन हुन लागेको हो । खेलकाे अपिसियल मिडीया रहेकाे पथरी अनलाइनले फेसवुक मार्फत खेललाइ प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ भने खेलमैदानमा खेल अवधि भर वल्डलिकले निशुल्क वाइफाइ उपलव्ध गराउने भएकाे छ । उक्त खेल टि ट्वन्टी फर्मेटमा खेलाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्