इन्डियन प्रिमियर लिगको डेब्यु खेलमै सन्दिपले लिए एक विकेट

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले पहिलो खेलमै ओपनिङ बलिङ गरेका छन् । दिल्लीले दिएको १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको रोयल्स च्यालेन्जर्स बैंग्लोरबिरुद्ध सन्दिपले पहिलो ओभरको बलिङ गरेका हुन् ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट स्टेडियममा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिएका छन् । आईपीएलको १२ औं खेलमा दिल्लीमा डेब्यु गर्न पाएका सन्दिपले ब्याटिङ गर्न भने पाएनन् । नेपाली यू – १९ टोलीका कप्तान समेत रहेका आईपीएल टोलीमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । तर, आईपीएलको प्ले अफ सम्भावना सकिएपछि सन्दिपले दिल्लीबाट मौका पाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्