दुईदिने नेपाल भ्रमण पछी घर फर्किए नरेन्द्र मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी इन्डियन एयरको विशेष विमानमार्फत शनिबार अपराह्न स्वदेश फर्किएका छन् ।

 

उनी शुक्रबार साढे १० बजे जनकपुर आइपुगेका थिए। काठमाडौं बसाईमा मोदीले उनका समकक्षी केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गरेका थिए ।

दुई दिने नेपाल भ्रमणपछि शनिबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किनुअघि मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् ।

उनले काठमाडौंबाट नयाँ दिल्ली उड्नुअघि ट्वीट गर्दै भ्रमण ऐतिहासिक भएको जनाएका हुन्।नेपाल बसाईको क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुरालाई उनले परिणाममुखीको संज्ञा दिएका छन् । उनले ट्वीटमा थप भनेका छन्,‘मेरो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ आयाम थपेको छ, न्यानो आतिथ्य प्रदान गरेकोमा नेपालीहरु र नेपाल सरकारप्रति हार्दिक कृतज्ञ छु ।’

पुरानो समाचार खोज्नुहोस्