फिल्म ‘शम्शेरा’मा बाणी कपुरको रणवीर सग रोमान्स

फिल्म ‘शम्शेरा’मा अभिनेता रणवीर कपुरसँग अभिनेत्री बाणी कपुरले रोमान्स गर्ने भएकी छिन् । यो फिल्मको टिजर पनि यसराज फिल्मसले सार्वजनिक गरिसकेको छ । फिल्ममा वाणीलाई ठाउठाउ डुलेर कार्यक्रम देखाउँदै हिँड्ने चरित्रमा देखिनेछिन् ।

फिल्मका निर्देशक करणले यसको पुष्टि गरेका हुन्। फिल्मका निर्देशक करनले फिल्ममा बाणीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले फिल्मको पातरका लागि वाणी सर्वोत्तम हुने भएकाले फिल्ममा अनुबन्धित गरिएको बताए । उनले फिल्ममा वाणीको उपस्थितिले दर्शकको पर्दामा ताजा हेर्न चाहने अपेक्षालइ सम्बोधन गर्ने बताए ।

वानीले सन् २०१३ मा यसराज निर्मित ‘शुद्ध देशी रोमान्स’बाट हिट डेब्यू गरेकी थिइन् । फिल्ममा अभिनेता संजय दत्त पनि प्रमुख भूमिकामा हुनेछन् ।

निर्देशक करनले फिल्म पूर्णतया मसालाप्रधान हुने बताए । दर्शकहरूले फिल्ममा अभिनय गर्ने कलाकारहरूलाई यसअघि कहिल्यै नदेखिएको स्वरूपमा हेर्न पाउने दाबी समेत गरे ।

पुरानो समाचार खोज्नुहोस्