अभिनेता मिथुन चक्रवतिको स्वास्थ्यमा समस्या देखिएपछी अस्पताल भर्ना

बलिउड अभिनेता मिथुन चक्रवतिको लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछी उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी ब्याकपेनको समस्याबाट ग्रसित छन् ।

 

 

९ वर्ष पहिले इमरान खानको चलचित्र लकको स्टेस कार्यक्रमका क्रममा उनको ढाडमा चोट लागेको थियो । उनले जम्प गर्न खोज्दा टाइमिङ मिस हुँदा उनी लडेका थिए । त्यो बेलादेखि उनी ब्याकपेनको समस्याबाट पीडित हुँदै आएका छन् ।

मुथुनका म्यानेजरका अनुसार उनी पछिल्लो वर्ष ब्याकपेनको उपचारका लागि यूएस गएका थिए । केही समयको उपचारपछि उनी स्वदेश फर्किएका थिए । उनले फर्किएर द ताकंद फाइल्समा काम गर्ने तयारी गरेका थिए । विरामीका कारण उक्त चलचित्रको छायांकन रोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्