अब मराठी फिल्म काम गर्ने : चर्चित बलिउड अभिनेत्री प्रियंका चौपडा

पथरी – बलिउड अभिनेत्री तथा इन्टरनेशनल स्टार प्रियंका चौपडा फेरि मराठी फिल्ममा काम गर्ने भएकी छन् । उनले काम गर्ने मराठी फिल्मको नाम हो– ‘पानी’ प्रियंकाले मंगलबार सो फिल्ममा खेल्न राजी भएको कुरा ट्वीट गरेकी हुन ।

सामाजिक विषयमा बन्न लागेको सो फिल्ममा वास्तविक कथामा समेटिएको बताइएको छ । यस फिल्मबारेमा जानकार दिँदै ट्वीटरमा प्रियंकाले लेखेकी छन्, म यो भन्न पाउँदा खुसी छु की मेरो चौथो मराठी फिल्म ‘पानी’को सुटिङ चाँडै सुरु हुनेछ ।

आदिनाथ कोठारे निर्देशित यो फिल्म वास्तविक कहानीमाथि आधारित एक प्रेरणादायी कथा हो ।

पुरानो समाचार खोज्नुहोस्