एसईई नसकिए सम्म दायाँबायाँ गर्दिन –करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १० कि नियमित तर्फकी विद्यार्थी भएकी छिन ।
उनी कुनै चलचित्रको पर्दामा नभएर रियल लाईफ मै एसईईको परिक्षाको तयारी गर्दैछिन् । उनी करिअरको उत्तरार्धमा राजनीतिसँगै पढाईलाई पनि अघि बढाएकी उनले यस वर्ष दायाँबायाँ नगर्ने सोच राखेकी छन् । कारण हो, आउने चैतमा उनको एसईई परिक्षा छ ।

राम्रो अंक ल्याएर परिक्षामा सफलता हात पार्ने उनको लक्ष्य छ । त्यसैले फिल्मी क्षेत्रका केही कार्यक्रममा सहभागी भए पनि अब बन्द गर्ने उनले बताइन् । उनले छोरीलाई चलचित्रमा डेब्यु गराउने सोच राखेकी थिइन् । पढाई नै बाधक भयो र शिव श्रेष्ठको प्रस्तावमा यस्तो प्रेम कहानीमा कवितालाई साइन गराइन् ।

‘पढाईका कारण मेरो काम ढिलो भएको हो । परिक्षा सकेर त्यसलाई अघि बढाउँछु’, उनले भनिन्,‘कवुलाई शिव दाइले फिल्मका लागि प्रस्ताव गरेपछि नाई भन्न सकिनँ ।’

करिश्मा मैतीदेवीस्थित त्रिवेणी स्कुलकी कक्षा १० की विद्यार्थी हुन् । १४ वर्षको हुँदा फिल्म सन्तानदेखि यस क्षेत्रमा लागेकी उनको अध्ययन ८ कक्षाबाट रोकिएको थियो । गत वर्षमात्र उनी विद्यालयमा भर्ना भएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्