सन्दीपले पाए अर्को अवसर, मोर्गानको कप्तानीमा विश्व :११ वाट खेल्दै

काठमाडौं, २ जेठ – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को अवसर हात पारेका छन् ।
युवा बलर सन्दीप लामिछाने विश्व-११ का तर्फबाट वेस्ट इण्डिजविरुद्ध खेल्ने भएका छन् । उनी विश्व ११ को टोलीमा परेका छन् ।

यही मे महिनाको ३१ तारिखमा विश्व ११ र वेस्ट इण्डिजबीच टी ट्वान्टी खेल हुँदैछ ।

बंगलादेशका अलराउण्डर सकिब उल हसनले पारिवारिक कारणले नाम फिर्ता लिएपछि उनको साटो सन्दीपले मौका पाउने भएका हुन् ।

सन्दीपले खेल्ने टोलीको नेतृत्व इंग्लिस कप्तान इयान मोर्गनले गर्नेछन् ।

टोलीमा सन्दीप र मोर्गनका अलावा शहीद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याकक्लायनघन, सोहेम मलिक, हार्दिक पाण्डेय, थिसेरा परेरा, लुक रंकीलगायतका विश्वचर्चित खेलाडी छन् ।

सन्दीप हाल आईपीएल खेल्न दिल्लीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्