स्थानिय निकाय सफल बन्दै : जनप्रतिनिधि आएको एक वर्षमै ८० प्रतिशत लक्ष्यप्राप्ती गर्यो सूर्यविनायक नगरपालिकाले , शुन्य प्रतिशत भ्रष्टाचार

स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिको पद बहाली गरेको एक वर्षको समिक्षा गरिएको छ । विहिबार सूर्यविनायक नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले ८० प्रतिशत लक्ष्यप्राप्ती गरिएको बताउनुभएको छ । नगरप्रमुख थापाले पूर्वाधार निर्माणमा ८० प्रतिशत प्रगति भएको जानकारी दिनुभएको छ ।

सूर्यविनायक नगरपालिकाले देशैभरका स्थानीयतहहरुमा सबैभन्दा पहिले सहकारी ऐन पास गरेको थियो । अन्य सामाजिक विकासका क्षेत्रमा विभिन्न कामहरुलाई तिव्रता दिएको छ भने सरसफाई अभियानलाई पनि तिव्रता दिएको छ । ‘नगरको समानुपातिक विकास गर्न नवीनतम प्रविधि प्रयोग गरी नगर प्रोफाइल निर्माण गरिरहेका छौं’, १६ बुँदे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख थापाले भन्नुभयो ‘प्रोफाइलले नगरका सबै सम्पत्ति, जनशक्ति, साधनस्रोत, पूर्वाधार, पेसा व्यवसायलगायत सम्पूर्ण विवरण यकिन हुनेछ।’

एकीकृत सम्पत्ति कर असुल करमार्फत नगरको स्रोत विस्तार भएको नगरप्रमुख थापाले बताउनुभएको छ । व्यवसाय दर्तामार्फत एक हजार थप पसल व्यवसाय करको दायरामा आएको पनि थापाले बताउनुभयो । नगरप्रमुख थापाले वैशाखसम्म सात करोड १५ लाख रुपैयाँ आन्तरिक आय भइसकेको बताउनुभयो । नगरपालिकाको नगर परिषद्ले आठ करोड ४८ लाख ५० हजार राजस्व संकलन हुने अनुमान गरेको थियो। वैशाखसम्मको आम्दानी हेर्दा करिब १० करोड रुपैयाँ आन्तरिक आय हुने प्रमुख थापाले बताउनुभयो ।

नगरपालिका भ्रष्टाचारमुक्त क्षेत्र
सूर्यविनायक नगरपालिका भ्रष्टाचारमुक्त क्षेत्र भएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै थापाले नगरपालिका र नगरपालिका मातहतका सम्पूर्ण कार्यालय तथा शाखा र सेवाहरु भ्रष्टाचारमुक्त क्षेत्र भएको बताउनुभएको छ । कुनै केही सेवामा घुस माग्ने वा भ्रष्टाचार भएको थापा पाएमा तत्काल आफूलाई जानकारी दिन र त्यस्तो जनप्रतिनिधि वा कर्मचारी तत्काल बर्खास्त गर्ने पनि थापाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्