शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको मृत्यु

मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो । प्रहरीले हत्याको अभियोगमा मुसिकोट नगरपालिका–१, निवासी १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका बादीले राति आफ्नै डेरामा ल्याई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएको र मृत्यु पश्चात शव बोकेर नजिकैको नालामा फालेको स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुँगानाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानपछि अमरबहादुर बादीलाई पक्राउ गरेको थियो। उनलार्ई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ। नेपाल समाचारपत्र दैनिक

पुरानो समाचार खोज्नुहोस्