मालपोत कार्यालयका कर्मचारी घुस लिँदालिँदै पक्राउ

१७ जेठ, जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु रकम लिएको जनाइएको छ । उनले यसअघि पनि सेवाग्राहीबाट २५ हजार रुपैयाँ लिएको बताइएको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि निगरानी गरिरहेको थियो ।

पुरानो समाचार खोज्नुहोस्