सुन तस्करीमा संग्लग्न फरार रहेका एसएसपी खत्रीले गरे आत्मसमर्पण

देशभरी तहल्का मचाएको ३३ किलो सुन काण्डमा मुछिएका अभियुक्तहरु बिस्तारै बिस्तारै पक्राउ पर्दै छन् जस मध्ये यस तस्करी काण्डमा मुछिएका फरार रहेका एसएसपी श्याम खत्रीले आत्मसमर्पण गरेका छन्। एसएसपी खत्रीले बिहीबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन्।

३३ किलो सुन तस्करीका अभियुक्त धमाधम पक्राउ पर्न थालेपनि खत्री फरार भएका थिए। उनको खाजीमा इन्टरपोलमा समेत नोटिस जारी भएको थियो।

यो सुन काण्डमा छ जना प्रहरी उच्च अधिकृतहरू सहित २९ जना जेल चलान भएका छन्। यो सुन काण्डमा प्रहरीका उच्च अधिकृतहरूको संलग्नता भेटिएपछि गृहमन्त्रालयले छानविन समिति बनाएको थियो। खत्रीविरुद्ध मंगलबार मात्रै डिफ्यूजन नोटिस जारी गरिएको थियो। उनले अदालतसमक्ष बयान दिइरहेका छन्।

पुरानो समाचार खोज्नुहोस्