१ महिने लोकसेवा तयारी कक्षा

मात्रिका पौडेल ,पथरीशनिश्चरे/
मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक व्यवस्थापनमा आदिवासी जनजाति महासंघ नगर समितिले १ महिने निशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न गरेको छ ।


शनिश्चरेस्थित भागिरथ माविमा सञ्चालित न्यू भिजन एजुकेशन सोलुसनका प्रशिक्षकद्धारा सहजिकरण गरिएको कक्षाको एक कार्यक्रमकाबीच समापन भएको छ । सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले युवाहरुका लागि यसखाले उपलब्धिमुलक कार्यक्रम ल्याउन नगरपालिका प्रतिवद्ध रहेको जनाउनु भयो । उहाँले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गर्नुभयो ।


कार्यक्रममा, ८० जना सहभागि मध्येको आन्तरिक प्रतिष्पर्धामा प्रतिमा भुजेल, तीला ढकाल र ताराप्रसाद ढकाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भई आयोजकद्धारा पुरस्कार र न्यू भिजनद्धारा तयारी कक्षामा छुटको अवसर प्राप्त गर्नुभएको छ ।

पुरानो समाचार खोज्नुहोस्