मोटरसाइकल र ट्रक ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु

बेनिघाट रोराङ गाउँपालिका-३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा ८७ प ३३९३ नंको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा ४ ख १८९९ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमल्सिनाले बताए।

दुर्घटनामा मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका-४ निवासी २८ वर्षीय निरन्जन सुनार घाइते भएकोमा राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचारको क्रममा मृत्यु भएको थियो।

दुर्घटना भएको ट्रक, ट्रकचालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुरानो समाचार खोज्नुहोस्