छोरीको लागि सन्निले बनाइन् आफै यस्तो हृयान्डमेड गिफ्ट

बलिउड सेलिब्रेटीहरु आफ्नो सन्तानलाई निकै महँगो उपहारहरु दिने गर्दछन । हालै अभिनेत्री सन्नी लियोनिले पनि आफ्नो छोरीलाई एक गिफ्ट दिएकी छिन तर उनको त्यो गिफ्ट भने आफैले बनाएकी छिन ।

 

उनले इन्स्टाग्राममा एक हृयान्डमेड गिफ्टको फोटो पोस्ट गरेकी थिइन्, जुन उनले आफ्नो छोरी निशा कौर वेबरको लागि बनाएकी हुन् । उनले ७ महिना लगाएर एक सुन्दर क्रिस्टल बेडेड पिस तयार गरेकी छिन् । यसमा उनले हजारौं क्र स्टल जोडेर एक सुन्दर कलाकृति बनाएकी छिन् ।

उनले पोस्टमा भनेकी छिन्, ‘तपार्इंहरुलाई याद छ ? मैले ७ महिना पहिले अक्टोबर मा एक पोस्ट गरेको थिँए । त्यतिबेला मैले मेरो छोरीको लागि एक विशेष काम सुरु गरेको थिँए ।’

‘हजारौं कि्रस्टलको सहायताले यो उपहार बनेर तयार भएको छ । जसलाई मैले आफ्नै हातले बनाएको हुँ । अन्तिममा राती १ बजेसम्म नसुती मैले यसलाई पूर्ण बनाएको छु र मलाई अझै एकिन नै छैन यो तयार भैसक्यो’ सन्नीले लेखेकी छिन् ।

उनका अनुसार यो काम गर्न धेरै समय लाग्यो र यो उपहारको हरेक पत्थर उनले आफ्नो छोरीलाई याद गदै राखेकी थिइन् । यसले आफ्नो छोरीलाई उनले कति माया गर्छिन भन्ने देखाउने उनले बताएकी छिन् ।

पुरानो समाचार खोज्नुहोस्