चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक

नेपालि फिल्म क्षेत्रमा अहिले अर्को नया चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । असार ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारद्धय मनिष सुन्दर श्रेष्ठ र मलिना जोशीलाई फोकस गरिएको छ ।

चलचित्रमा मनिष र मलिनाको अलवा स्वरुप पुरुष ढकाल, तमन्नाा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा कविराज गहतराज र रेनशा वान्तवा राइको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, माधव घिमिरेको पटकथा तथा संवाद, रोशन श्रेष्ठको एक्सन, भूपेन्द्र अधिकारी र सालिक दुडालको सम्पादन छ ।

विकास बस्यालको लेखन तथा निर्देशन रहेको यो चलचत्रिमा मदन दवाडी, दलबहादुर दवाडी, हरिप्रसाद अधिकारीको निर्माण छ । विना कार्की सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रकाश बास्कोटा हुन् ।

चलचित्रको ट्रेलर निकै फितलो छ । केही जर्क दृश्यमा समेत याद नगरिएको ट्रेलरका दृश्यले दर्शकलाई लोभ्याउँदैनन् । छायांकन र सम्पादन पक्ष निकै कमजोर छ । ट्रेलरको मेकिङले दर्शकलाई आकषिर्त गर्दैन ।

मलिना र मनिषको प्रेममा आएको उतारचढावलाई एकहोरो रुपमा देखाइएको ट्रेलर भित्र अन्य मसलाको अभाव छ । जसले, दर्शकले यो चलचित्र किन हेर्ने भन्ने प्रश्नको जवाफ दिन सक्दैन । दर्शकलाई हलसम्म आकषिर्त गर्ने मुख्य माध्यम भनेकै ट्रेलर हो । तर, यस्तो फितलो ट्रेलरले दर्शकमा प्रभाव पार्न गाह्रो छ ।

पुरानो समाचार खोज्नुहोस्