शौचालयमा पुरुषको शव फेला


चितवनको सौराहास्थित रत्ननगर नगरपालिका–६ मा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शौचालयमा एक पुरुष मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार स्थानीय ४४ वर्षीय बुद्धि गिरी शौचालयभित्र मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार शौच गर्न गएका बेला एक्कासि ढलेर मृत्यु भएको अवस्थामा फेला पारिएको बताए।

लामो समयसम्म ढोका बन्द रहेपछि फोरेर हेर्दा गिरी मृतावस्थामा भेटिएका हुन्। वन्यजन्तुको आखेटोपहार राखिएको संग्रहालयका पर्यटकका लागि सो शौचालय बनाइएको थियो।

पुरानो समाचार खोज्नुहोस्