ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु

चितवनको राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीवार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक चितवन खैरहनीका प्रेमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडक सम्याउने क्रममा एक्कासि ग्रेडर सडकबाट ५० फिट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज ९शिक्षण अस्पताल०, भरतपुरमा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ।

पुरानो समाचार खोज्नुहोस्