फिल्म ‘सञ्जु’मा अनुष्काको कस्तो छ भूमिका ?

बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक ‘सञ्जु’ को ट्रेलर यतिबेला युटुब नम्बर १ मा रहेको छ । उनको ट्रेलर सगै पोस्टरहरु पनि फरक फरक आएको छ । पोष्टरमा नायिका अनुष्का शर्मासमेत देखिएपछि दर्शकहरु छक्क परेका छन् ।

यसअघि यो फिल्ममा अनुष्काको कुनै चर्चा थिएन । पोष्टरमा देखिएपछि चलचित्रमा उनले कस्को भूमिका निभाएकी छिन् भन्ने कौतुहल सुरु भएको छ । धेरैले उनी पत्रकारको भूमिकामा हुन सक्ने अनुमान गरेका छन् ।

निर्देशक राजकुमार हिरानीले आफ्नो टि्वटर अकाउन्टबाट पोष्टर सार्वजनिक गरेका हुन् । क्याप्सनमा उनले लेखेका छन्, ‘मेरी प्यारी साथी अनुष्का शर्मा । फिल्ममा उनको विशेष भूमिका छ । यो रोलको लागि उनले कडा मिहिनेत गरेकी छन् । के कसैले बताउन सक्छ कि फिल्ममा उनको भूमिका के छ ?’

पोष्टरमा अनुष्का फरक लुक्समा देखिन्छिन् । उनको कपाल छोटो र कर्ली छ । पोष्टरको पृष्ठभूमिमा सञ्जय दत्त बनेका रणवीर कपुर छन् ।

योभन्दा अगाडि सञ्जुको पोष्टरमा सोनम कपुर, विक्की कौशल र परेश रावल देखिएका छन् । सोनमले फिल्ममा टिना मुनिमको भूमिका निभाएकी छिन् भने परेश रावल सञ्जयका बाबु सुनील दत्तको भूमिकामा छन् । फिल्मको टिजरमा भने सञ्जय दत्त बनेका रणबीरको फरक फरक लुक्स देखाइएको थियो । ट्रेलर चाँडै रिलिज हुँदैछ ।

यस फिल्ममा सञ्जयकी आमा नरगिसको भूमिका नेपालकी अभिनेत्री मनिषा कोइरालाले निभाएकी छिन् । यसैगरी पत्नी मान्यताको रुपमा दिया मिर्जा, सलमान खानको रुपमा जिम सरब, टीना मुनिमको रुपमा सोनम कपुर र माधुरी दीक्षितको रुपमा तमन्नालाई देख्न सकिनेछ ।

पुरानो समाचार खोज्नुहोस्