कंगना रनावतले आलियाको खुलेर प्रसंसा गर्दै

बलिउड अभिनेत्री आलिया भट्टको फिल्मले सय करोड भन्दा माथिको ब्यापार गरेपछि उनको स्टारडम पनि बढेको छ । यसै सिलसिलामा अर्की नायिका कंगना रनावतले आलियाको खुलेर प्रसंसा गरेकी छन ।

चलचित्रको विशेष शोमा पुगेकी नायिका रनावत नायिका आलियाको प्रशंसा गरेर थाकिनन् । उनले भनिन्-‘आलिया बलिउडकी रानी हुन् । यो आलियाको संसार हो र हामी त्यसमा बाँचिरहेका छौ ।’

कंगनाले आफूलाई चलचित्र अत्यन्तै मन परेको बताउँदै आलियालाई वधाई सन्देश पठाउने समेत बताएकी छिन् । कंगना अहिले ‘मेन्टल हे क्या’को छायांकनमा व्यस्त छिन् ।

कंगनाले महिला केन्द्रित चलचित्रको कथावस्तु निकै राम्रो रहेकोले सय करोड कमाएको भन्दै यो सुखद खबर भएको बताइन् । कंगना आफै पनि महिला केन्द्रित चलचित्र खेल्ने कुरामा अगाडि छिन् । उनले अभिनय गरेको चलचित्र ‘क्विन, तन्नु वेड्स मन्नु रिटर्न्स ‘ले पनि बक्स अफिसमा तहल्का मच्चाएको थियो ।

पुरानो समाचार खोज्नुहोस्