क्रिकेटमा नेपालको ठुलो फड्को : एकदिवसीय टिमको वरियतामा नेपाल पनि समावेश

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ । स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) पनि एकदिवसीय टिमको वरियतामा समावेश भएका छन् ।

आईसीसीले एक दिवसीय क्रिकेटका उदाउँदा टिमको रुपमा चार देशलाई विस्तारित एक दिवसीय (ओडीआई) टिम वरियतामा समावेश गरेको हो । आईसीसीले आज देखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरियतामा समावेश गरेको हो ।

यी चार देशलाई सहभागी गराउनका लागि आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरेको छ । स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एसोसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका हुन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा २८ अंकसहित स्कटल्याण्ड १३ औं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्