फोरमले टुंगो लगायो सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम

संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

फोरम संसदीय दलको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको नाम तय गरेको हो ।

फोरम स्रोतका अनुसार पार्टीका तर्फबाट सरकारमा अध्यक्ष उपेन्द्र यादवले नै नेतृत्व गर्नेछन् । यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् ।

यस्तै शहरी विकास मन्त्रालय सम्हाल्ने गरी मोहम्मद इश्तियाका राईको नाम तय भएको छ ।

सह(अध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री बन्ने चर्चा भए पनि यसअघि पनि मन्त्री बनिसकेका इश्तियाकले बाजी मारेका छन् ।

प्रधानमनन्त्री केपी शर्मा ओलीले फोरमका दुवै मन्त्रीलाई शुक्रबार नै राष्ट्रपतिबाट शपथ गराउने तयारी गरेको स्रोतले जानकारी दियो ।

पुरानो समाचार खोज्नुहोस्