प्रमोदको शब्द तथा संगीत रहेको ‘पृथ्वी’ बोलको गीत सार्वजनिक (भिडियो)

नेपालको चर्चित गायक प्रमोद खरेलको नया गित सार्वजनिक भएको छ । उनको आफ्नै शब्द तथा संगीत रहेको ‘पृथ्वी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रमोदले गीतमा वजनदार शब्द प्रयोग गरेका छन् । यसैले, पनि गीत सुन्ने श्रोतालाई यसले भावूक बनाउँछ ।

सार्वजनिक गीतको भिडियोमा फिरोज तिमिल्सिना र सारा सिर्पालीलाई फिचरिङ गरिएको छ । सुव्रतराज आचार्यले निर्देेशन गरेको यो म्यूजिक भिडियोमा जीवन रिजाल र निराजन कार्कीको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ । नेपाली सुगम संगीतका चर्चित गायक प्रमोदले फेरि अर्को एउटा धमकेदार कोशेली श्रोतमाझ पस्किएका छन् ।

पुरानो समाचार खोज्नुहोस्