चुनढुङ्गा निकाल्न प्रयोग गरिएको एक्साभेटरमा आगजनी

१९ जेठ, मोरङ

चितवनको शक्तिखोरमा रहेको चुनढुङ्गा निकाल्न प्रयोग गरिएको एक्साभेटरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुले शनिबार बिहानै साढे ३ बजे आगजनी गरेका छन ।

कालिका नगरपालिका ९ स्थित चुनढुङ्गाको स्टोरमा रहेको एक्साभेटर आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकलमा आएका दुई जनाले एक्साभेटरमा आगजनी गरेको स्थानीयले बताएका छन् ।

चुनढुङ्गा खानी उत्खनन् गरिरहेको स्टार लाइभ इन्डस्ट्रीले प्रयोग गरिरहेको लुम्बिनी बुद्ध कन्सट्रक्सनको एक्साभेटरमा आगजनी गरिएको हो । आगजनीबाट एक्साभेटरको धेरै भाग जलेर क्षति भएको छ ।

आगजनी गरिएको क्षेत्रमा विप्लव समूहको पर्चा भेटिएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी बताए । भरतपुर महानगरपालिकाको दमकल ल्याएर बिहानै आगो निभाइएको एसपी राठौरले जानकारी दिए ।

जिल्ला जनपरिषद चितवनको नाममा छोडिएको पर्चामा स्थानीयसँगको सहमति अनुसार काम नगरेको, सडक निर्माण, खानेपानी र बस्ती स्थानान्तरण लगायतका काम नगरेकाले कारर्वाही गरिएको उल्लेख छ ।

सो चुनखानी अवैध रुपमा सञ्चालन गरिएको भन्दै स्थानीयले समेत विरोध गर्दै आएका छन् । आगजनीमा संलग्न व्यक्तिको खोजी भैरहेको प्रहरी प्रमुख राठौरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्