कोरियन भाषा परीक्षाको केन्द्र र मिति सार्वजनिक (सूचीसहित)

१९ जेठ, मोरङ

कोरियन भाषा परीक्षाको केन्द्र र मिति सार्वजनिक भएको छ । जेठ २६ र २७ गते हुने रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले २८ वटा केन्द्र तोकेर भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो ।

काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ । भाषा परीक्षा दुई सिफ्टमा हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

कामको लागि कोरिया जान इच्छुकहरुले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्दछ । सन् २०१९ देखि भने सीप परीक्षण पनि अनिवार्य गरिने भएको छ ।

हेर्नुहोस् परीक्षा केन्द्रको सूची

EPS Exam Center 2018

 अनलाइन खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्