वायुसेवा निगमको विमानको पांग्रामा खराबी आएपछि दिल्लीमा यात्रु अलपत्र

१९ जेठ, दिल्ली ।

नेपाल वायुसेवा निगमको विमान शुक्रबार साँझ ७ः४० मा उड्ने सेड्युल थियो तर निर्धारित समयमै पुगेका यात्रुहरुलाई विमानको पांग्रामा खराबी आएको भन्दै २ घण्टा विमानभित्र राखेर दिल्लीमा यात्रु अलपत्र परेका छन् । निगमको फ्लाइट आरए-२१८ शुक्रबार साँझ बिग्रिँदा यात्रुले सास्ती पाएका हुन् ।

शुक्रबार राति होटलमा राखिएका यात्रुहरु शनिबार बिहान विमान उड्ने आशमा थिए । तर अहिलेसम्म फ्लाइट नहुँदा आक्रोसित बनेका छन् ।

शनिबार बिहान काठमाडौंबाट दिल्ली आएका इन्जिनियरले विमान मर्मत गरिरहेकाे बताइए पनि विमान नउडेकाे एक यात्रुले गुनासाे गरे । अनलाइनखबरबाट

पुरानो समाचार खोज्नुहोस्