गुण्डा समूहको आक्रमणमा पत्रकार गिरी

नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष एवं निरन्तर खवर डट कमका सम्पादक दिनेश गिरीमाथि शनिबार साँझ गुण्डा समूहले आक्रमण गरेको छ ।


बेलबारी १ स्थित घरमा बसिरहेका गिरीलाई बोलाएर बिशाल थापा, चित्र खड्का र जगेन गुरुङले आक्रमण गरेको गिरीले बताए ।

गिरीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको छ । प्रहरीले बिशाल थापालाई पक्राउ गरिसकेको छ भने खड्का र घले फरार छन् ।

यसैबीच प्रेस युनियन मोरङ र निरन्तर खवर डटकमले छुट्टा छुट्टै विज्ञप्ति निकालेर पत्रकार माथि गुण्डा समूहले गरेको आक्रमणको भत्र्सना गरेका छन् । विज्ञप्तिमा दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रशासन समक्ष माग गरिएको छ । विज्ञप्तिमा युनियनका मोरङ अध्यक्ष मीनकुमार श्रेष्ठ र निरन्तर खवरका अध्यक्ष भोजराज बस्नेतले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्