पथरीशनिश्चरेमा पनि घर घरमा स्टिकर

पथरीशनिश्चरे, 
मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा पनि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन नजिकको प्रहरी कार्यालयको फोन नम्वर भएको स्टिकर टाँस्ने अभियान सुरु भएको छ ।


नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले  पथरी शनिश्चरे नगरपालिकाको कार्यालयबाटै स्टिकर टाँस्ने अभियान सुरु गर्दै स्टिकरले नगरवासीलाई थप सुरक्षित वनाउन मद्धत पुर्याउने वताउनुभयो । वडाध्यक्ष, सदस्य तथा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख विजय श्रेष्ठ समेतका सुरक्षाकर्मीहरु सो अभियानमा सहभागि वनेका छन् ।

पथरी प्रहरी प्रमुख श्रेष्ठले भन्नुभयो ‘स्टिकरमा फोन नम्वर हुँने हुँदा समस्या पर्ने वित्तिक्कै जानकारी गराउँदा त्यसबाट थप सुरक्षा व्यवस्थापन हुने र सुरक्षाकर्मीलाई थप जिम्मेवार वनाउने देखिन्छ ।’ प्रहरीहरुमार्फत नगरका १० वटै वडाका प्रत्येक घरमा यसखाले स्टिकर टाँसिने छ ।

प्रदेश नम्वर १ मा आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनतासँग प्रहरी कार्यक्रम भन्दै यसखाले स्टिकर टाँस्ने अभियान चलाएको हो । स्टिकरमा आफ्नो ठाउँमा कुनै घटना वा दुर्घटना भएमा प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ सहित आफ्नो क्षेत्रको संघीय इकाई वा इलाका प्रहरी कार्यालयको नम्वरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । प्रदेश प्रहरी कार्यालयको टोलफ्रि नम्वर समेत उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्