पूर्ण रुपमा कमेडी कथामा निर्माण भएको ‘अमेरिका बोइज’को ब्यापार कस्तो भयो ?

भव्य कमेडीले भरपूर्ण फिल्म ‘अमेरिका बोइज’ शुक्रबार देखि देश भरिकै हलहरुमा प्रदर्शन भएको छ । पूर्ण रुपमा कमेडी कथामा निर्माण भएको यो चलचित्रले राम्रो व्यापार गरेको दाबी समेत गरिएको छ ।

चलचित्रमा अर्पण थापा, अभय बराल, आशिष प्रसाइको वरिपरी घुमेको यो चलचित्रले शनिबार सिंगल र मल्टिप्लेक्स हलमा राम्रो कमाई गरेको छ । चलचित्रको हल रिपोर्ट वुझ्नका लागि यसका कलाकार शनिबार केही हलमा पुगेका थिए । दर्शकले दिएको प्रतिक्रियाबाट आफूहरु खुशी भएको यसको निर्माणपक्षले बताएको छ ।

चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्कीको पनि मुख्य भूमिका छ । प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको संयुक्त लगानीमा यो चलचित्र बनेको हो । चलचित्रको वर्ड अफ माउथ सुखद रहेकाले दर्शक बढ्ने विश्वास लिइएको छ ।

शुक्रबारबाट नै रिलिज भएका अन्य २ नेपाली चलचित्रको व्यापार भन्दा ‘अमेरिका बोइज’को व्यापार धेरै माथि रहेको हल संचालकहरुले बताएका छन् ।

पुरानो समाचार खोज्नुहोस्