पार्टी भित्रको कमजोरी सुधार गरेर अघि बढ्नुको विकल्प छैन : नेता पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्रको कमजोरी सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।वरिष्ठ नेता पौडेलले मुलुकको राजनीतिलाई सही बाटोमा अघि बढाउन पनि काँग्रेस भित्रै सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याए।

आइतबार काठमाडांैमा आयोजित ‘समृद्ध नेपाल निर्माणका लागि प्राविधिक शिक्षाको महत्व र भावी योजना’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले काँग्रेसमा सुधार आए मुलुकको राजनीति सही बाटोमा आउने र प्राविधिक शिक्षामार्फत् मुलुकलाई समृद्ध बनाउन सकिने दावी समेत गरे।

वरिष्ठ नेता पौडेलले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन प्राविधिक शिक्षामा जोड दिन सरकारको ध्यानाकर्षण गराए। वरिष्ठ नेता पौडेलले नेपाल प्रकृतिले धनि भएको उल्लेख गर्दै त्यसमा प्रविधि भित्र्याउन सके समृद्धिको आधार तय हुने तर्क गरे।

उनले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रको विकासका लागि पनि प्रविधि भित्र्याउन सबै पक्षले जोड दिनुपर्ने बताए। प्राकृतिक सम्पदाहरुको उचित व्यवस्थापन गरे नेपाल छिट्टै विश्वकै धनी राष्ट्र हुने नेता पौडेलको बुझाइ छ।

पुरानो समाचार खोज्नुहोस्