सभामुख महराद्वारा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण

सभामुख कृष्णबहादुर महराले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको सुरु मै प्रतिपक्षी दलका सांसदले इन्धनमा भएको मुल्यवृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठक सुरु हुनासाथ समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले ३ महिना भित्र पाँच पटक पेट्रोलिम पदार्थको मूल्य वृद्धि भएको भन्दै मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरे।

खेती लगाउने समयमा इन्धनमा मूल्य बढाएर सरकारले किसानलाई मार्न खोजेको उल्लेख गर्दै उनले मुल्यवृद्धिको प्रभाव खाद्य बस्तु, यातायातलगायत सबै क्षेत्रमा देखिएको भन्दै मूल्य वृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए। शनिबार रातिदेखि लागू हुने गरी सरकारले इन्धनको मूल्य वृद्धि गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्